You are viewing the translated version of अन्तिम प्रतिवेदन पेस गर्नु पर्ने.

Section 80
अन्तिम प्रतिवेदन पेस गर्नु पर्ने
ऐनको दफा ११२ बमोजिम विशेष व्यवस्थापन समूहले आफूले . नियन्त्रणमा लिएको बीमकको सम्बन्धमा ऐन बमोजिम गर्नु पर्ने कार्य सम्पन्न गरेको, आफ्नो कार्यावधि समाप्त भएको वा कुनै कारणले सो समूह विघटन भएकोमा त्यसरी कार्य सम्पन्न गरेको, कार्यावधि समाप्त भएको वा विघटन भएको मितिले तीस दिनभित्र आफूले सम्पन्न गरेको काम कारबाही सम्बन्धी विवरण समावेश गरी अन्तिम प्रतिवेदन तयार गरी प्राधिकरणमा पेस गर्नु पर्नेछ।